१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भिरबाट खसेको ढुङ्गाले लाग्दा आमाछोरीको मृत्यु

रोल्पामा भिरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ। रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीया सङ्गीता पुन र उनकी दुई वर्षीया छोरी कृतिकाको भिरबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ।

घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ। भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।  

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शवपरीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताए। 

त्यसैगरी विवाह भोज खाएर फर्कने क्रममा रोल्पा नगरपालिका खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको घर नजिकैको खरबारीमा लडिरहेको अवस्थामा फेला परेको र नीजको उपचारका क्रममा आज मृत्यु भएको जिप्रका रोल्पाले जानकारी दिएको छ। 

प्रकाशित: ६ आश्विन २०७८ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App