३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

हराएको मोटरसाइकल फेला पारेर ताप्लेजुङ प्रहरीले बुझायो सम्बन्धित व्यक्तिलाई

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले पार्किङ गरी राखिएकै अवस्थामा हराएको एक थान मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाएको छ।  

भदौ १४ गतेदेखि हराएको मे६प २९९५ नम्बरको डिस्कभर १२५ सीसी भएको कालो र रातो रंगको मोटरसाइकल खोजतलाका क्रममा फेला पारी सम्बन्धित धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय तालेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश अधिकारीले जानकारी दिए। मोटरसाइकल धनी झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं ६ बस्ने गोबिन्द ढुङ्गानाले फुङ्लिङ नगरपालिका वडा नं ४ मा पार्किङ गरी छोडेको अवस्थामा हराएको थियो।  

मोटरसाइकल धनीले दिएको निवेदन अनुसार प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा ट्राफिक प्रहरीको टोली समेत खोजतलासमा क्रममा खटिँदा फुङ्लिङ नगरपालिका वडा नं ७ थलङधारा आसपासमा मोटरसाइकल फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अधिकारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी नायव उपरीक्षक)बालनरसिहं राणाले फेला पारिएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएका छन्।  

यसअघि पनि ताप्लेजुङ प्रहरीको टोलीले पार्किङ गरी राखिएकै अवस्थामा हराएको एकथान मोटरसाइकल फेला पारी मोटरसाइकल धनीलाइ बुझाइसकेको छ।

प्रकाशित: २० भाद्र २०७८ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App