६ वैशाख २०८१ बिहीबार
समाज

पहिरोमा पुरिएर एक बालिकाकाे मृत्यु

६ वटा बाख्रा र एक भैंसीको समेत मृत्यु

निरन्तरको वर्षापछि गएको पहिरोले घरगोठ पुरिंदा अर्घाखाँचीको पाणिनीमा एक बालिकासहित पशुचौपायाको मृत्यु भएको छ।  

पाणिनी गाउँपालिका वडा नम्बर–७, अड्गुरीका जिवलाल सुनारको घर पहिरोले पुरिँदा उनकी ९ वर्षीया छोरी झरना सुनारको च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए।  

पहिरोले तीन जना घाइते भएका छन्। जिवलाल सुनारकै १३ वर्र्षीय छोरा लक्ष्मण सुनार, छिमेकी चन्द्र बहादुर सारुको १२ वर्र्षीय छोरा मोहन सारु र मेग बहादुर क्षेत्रीको ९ वर्र्षीय छोरा महेश क्षेत्रीलाई प्रहरी र स्थानियको पहलमा पहिरोबाट सकुशल उद्धार गरिएको छ। मंगलबार साँझ घरमाथिबाट आएको पहिरोले दुईतले कच्ची घर पुरिएको थियो। घाइते तीनै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।  

साथै पहिरोले गोठ पुरिंदा ६ वटा बाख्रा र एक भैंसीको समेत मृत्यु भएको छ। गोठमा रहेका १ पाडो बाहेक सबै पशुचौपाया च्याँपिएर मरेका हुन्। बालिकाको शव पोस्टमार्टम पछी परिवारको जिम्मा लगाईएको र क्षतीको विवरण तथा घटनाको छानविन गर्न सुरक्षा अधिकारी लगायतको टोली खटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७८ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App