१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

ज्यान मार्ने अभियोगमा फरार दुई अभियुक्त पक्राउ

१६ वर्षअघि ज्यान मार्ने अभियोगमा अपराधी करार भए पनि भाग्दै आएका दुई अभियुक्तलाई उदयपुर प्रहरीले आइतबार पक्राउ गरेको छ। जिल्ला अदालतबाट दोषी करार भए पनि भाग्दै आएका जिल्लाको रौतामाई गाउँपालिका ७ का ४४ वर्षीय अलपबहादुर रिखाम मगर र सोही ठाउँका ३७ वर्षीय पूर्णबहादुर मगर पक्राउ परेका हुन्।

ज्यान मार्ने अभियोगमा मुद्धा परी जिल्ला अदालत उदयपुरले ०६२ असार १५ गतेको फैसलाअनुसार ७ वर्ष कैद सजाय तोके पनि भाग्दै आएका उनीहरुलाई आइतबार विहान ६ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले पक्राउ गर्न सफल भएको हो।

गाउँटोलमा लुकिछिपी बसेको भन्ने सुराकीका आधारमा खटेको विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पक्राउ दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर फैसला कार्यान्वयनका लागि अदालतको जिम्मा लगाइएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए। प्रहरीले फरार अभियुक्तको खोजी तथा पक्राउ गरी सजाय भुक्तान र जरिवानावापतको राजश्व संकलन अभियान चलाउने क्रममा उनीहरुलाई पक्राउ गरेको गौतमले बताए।

प्रकाशित: १३ भाद्र २०७८ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App