महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोइन्ट नजिकै एक विद्युतीय सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज.०४६९ नम्बरको ईभी गाडी मंगलबार दिउँसो अन्दाजी १२:५० बजे दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार गुडिरहेको गाडीको अगाडि अचानक जंगली जनावर आएर बाटो काटेपछि जोगाउन खोज्दा गाडी चिप्लिएर सडकको बायाँतर्फ पल्टिएको थियो।
गाडीमा चालकसहित ८ जना सवार थिए। सो मध्य ६ जना घाइते भएका छन्। उनीहरुको हेटौंडा अस्पताल उपचार भइरहेको छ।
प्रहरीले ईभी चालक काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ५६ वर्षीय दिलीप सिलिवाललाई नियन्त्रणमा लिएको छ। उनको सवारी चालक अनुमतिपत्र रहेको र दुर्घटनाको समयमा ‘मापसे’ नगरेको प्रहरी चौकी रातोमाटेले जनाएको छ।
दुर्घटनामा घाइते हुने यात्रुहरूमा नुवाकोटको तादी गाउँपालिका-०३ बस्ने ४२ वर्षीया सीता सुनार, सोही स्थान बस्ने ५५ वर्षीया राधा सुनार र भारतको बिहार राज्य दरङ्गा जिल्ला बस्ने २४ वर्षीय क्यामुल हक रहेका छन्।
यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-१५ बस्ने २३ वर्षीय रवि कुमार गुप्ता , सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-०१ बस्ने ४८ वर्षीय पासाङ लामाङ र काठमाडौंको दक्षिणकाली नगरपालिका-०५ बस्ने २७ वर्षीय कृष्ण तामाङ घाइते भएका छन्।
प्रकाशित: १६ असार २०८३ १४:५३ मंगलबार




-600x400.jpg)