८ वैशाख २०८१ शनिबार
समाज

गोरखामा दश दिन ‘लकडाउन’

कोरोना संक्रमणको दर बढेपछि गोरखामा १० दिन ‘लकडाउन’ गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आईतवार बसेको बैठकले १० दिन सबै गतिविधि बन्द गरेर कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्ने निर्णय गरेको हो ।

‘भदौ १ गते रातीदेखि १० दिनका लागि बैंक, बजार, यातायात र सर्वसाधारणको भीड हुने सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेका छांै,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने । खाद्यान्न, तरकारी लगायतका अत्यावश्यक पसल बिहान १० बजे सम्म खुल्न पाउनेछन् भने अत्यावश्यक सवारी साधन नियमित चल्न पाउनेछन् । सार्वजनिक निजी सवारी साधन पनि पूर्ण रुपमा बन्द हुनेछन् । गोरखामा एक साता यता सक्रिय संक्रमितको संख्या करिब नौसयसम्म पुगेको थियो । आईतवार पाँच सय भन्दाबढि छ ।  

‘१० दिन को अवस्थापछि संक्रमण दर घटेको खण्डमा अर्को मोडालिटी अपनाउन सकिन्छ’ प्रजिअ शर्माले भने । जिल्ला प्रशासन कार्यालय, नापी, मालपोत जस्ता अड्डामा अहिले सेवाग्राहीको भिड लाग्ने गर्छ । ती अड्डाको सेवा पनि बन्द हुने भएको छ । कोरोना संक्रमण दर बढ्दा जोखिम बढेकाले संक्रमण रोक्न लकडाउन गरिएको प्रजिअ शर्माले बताए । 

प्रकाशित: ३१ श्रावण २०७८ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App