२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

स्वास्थ्य मापदण्ड पालनामा लापरवाही, तेस्रो लहरको उच्च जोखिम

निषेधाज्ञा खुकुलो बनाइएसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । सुनसरीमा एक साताभित्र एक हजार बढी संक्रमित थपिएका हुन् । जिल्लामा सबै भन्दा बढी धरान र इटहरीमा कोरोना संक्रमित भेटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । असावधानी र हेलचेक्राईका कारण जिल्लामा पुनः संक्रमण फैलने खतरा बढेपछि नियन्त्रणका लागि प्रयास भइरहेको ढकालले बताए । ‘लकडाउन खुकुलो भएसँगै धरान र इटहरीमा कोरोना संक्रमितको संख्या बढीरहेको छ, सक्रिय संक्रमितको संख्या पनि २ हजार पुगिसकेको छ, त्यसैले हामीले विभिन्न छलफल र तयारी गरिरहेका छौँ, सवारीसाधन चल्न थालेपछि मानिसहरुको आवतजावतले संक्रमण बढेको स्थिति हो’, उनले भने ।  

त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले संक्रमण दरको वृद्धि हेर्दा कोरोनाको तेस्रो लहरको आशंका गरिएको बताए । उनले सवारीसाधन र होटल सञ्चालन खुल्ला गरिएकोले संक्रमित बढेको तर्क गरे ।  

‘अब हामीले डिसीसीएमसीले गरेको निर्णयले गाडी चल्यो, होटल सञ्चालन हुन थाल्यो, यसले संक्रमित बढ्न थाले, मृत्यसदर घटेको छैन, हामीले गम्भीरता नलिने हो भने, अझै भयावह हुनसक्छ, अझै यो केस बढेर पीकमा जान थाल्यो भने थर्ड वेभ आएको हो कि भन्ने शंका गरेका छौँ’, उनले भने ।  

सुनसरीको धरानमा कोरोना संक्रमित बढ्दा बजार पसल खुल्ने समय घटाइएको छ भने इटहरी उप–महानगरपालिका र वडा कार्यालय तत्कालको लागि बन्द गरिएको छ ।

 

प्रकाशित: १३ श्रावण २०७८ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App