२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

सेती नदीको खोँचमा युवतीको शव भेटियाे

पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खोँचमा एक युवतीको शव भेटिएको छ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५-३० वर्षीया युवतीको शव भेटिएको हो।

उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ११ श्रावण २०७८ १४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App