coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश १ मा २ सय ३ संक्रमित थपिए

प्रदेश १ मा आइतबार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। ७ सय २६ जनाको पीसीआर परीक्षण गर्दा १ सय १ महिला र १ सय २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार झापामा ८२, मोरङमा ५४, सुनसरीमा ३९, ते¥हथुममा १३, इलाम र उदयपुरमा ३–३, ताप्लेजुङमा २, संखुवासभा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ। झापाको विर्तामोडमा १९, मेचीनगरमा १५, भद्रपुरमा १२, दमकमा १०, अर्जुनधारा र कनकाईमा ९–९, शिवसताक्षीमा ५, कमलगाउँपालिकामा २ र हल्दिबारीमा १ जनामा संक्रमण देखिएको छ।  मोरङको विराटनगरमा ३६, सुन्दरहरैचामा ६, लेटाङमा ३, बुढीगंगा र बेलबारीमा २–२, रंगेली, उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे र ग्रामथानमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ।  

सुनसरीको इटहरीमा २४, धरानमा ८, बराहक्षेत्र र रामधुनीमा २–२, दुहवी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, तेर्‍हथुमको म्याङलुङमा ११, फेदाप र स्थानीय तह नखुलेका १–१, इलामको माईमा २ र स्थानीय तह नखुलेका १ जनामा कोरोनाा संक्रमण देखिएको छ।  उदयपुरको त्रियुगामा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा २, संखुवासभाको खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ४ सय १० पुगेको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय १२ रहेको मन्त्रालय जनाएको छ। प्रदेश १ मा आइतबार ३ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७ सय ३१ पुगेको छ।

प्रकाशित: २७ असार २०७८ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App