१६ चैत्र २०८० शुक्रबार
समाज

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले इटहरीबाट एक जनालाई पक्राउ गरेको छ। इटहरीकी १५ वर्षे बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नं. ६ का  २१ वर्षे दिलिप श्रेष्ठ पक्राउ परेका हुन्।  

जबर्जस्ती करणी गरेर फरार भएका श्रेष्ठको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यलाय इटहरीबाट खटिइएको मोरङ सुन्दरहरैँचा क्षेत्रबाटै पक्राउ गरेको जानकारी दिएको छ। श्रेष्ठलाई जर्बजस्ती करणी सम्बन्धि मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।  

इटहरी तथा आसपासका क्षेत्रमा जर्बजस्ती करणीका घटना बढ्दो छ। समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृत्ति र अपराधको राजनीतिकरणले गर्दा महिलामाथि जबर्जस्ती करणीका घटना बढेको हो। 

प्रकाशित: २३ असार २०७८ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App