६ वैशाख २०८१ बिहीबार
समाज

खुकुरी प्रहार गरी छिमेकीको हत्या

इलाम नगरपालिका–१२, साङरुम्बामा खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ। स्थानीय ४५ वर्षीय यामबहादुर साँवाले ५८ वर्षीय धनबहादुर राईको आज (बुधबार) बिहान पौने ८ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ।  

स्थानीय सुमन्त साँवाको घरमा धनबहादुरले खुकुरी भिरेको देखेपछि यामबहादुरले उनीसँग खुकुरी मागेका थिए। तर, दिन नमानेपछि धनबहादुरबाटै खुकुरी खोसेर यामबहादुरले हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए। खुकुरी प्रहारबाट गम्भीर घाइते धनबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

मानसिक असन्तुलन रहेको भनिएका यामबहादुरले किन हत्या गरे भन्ने कारण खुल्न नसकेको एसपी श्रेष्ठले बताए। यामबहादुरलाई गाउँबाटै पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।  

प्रकाशित: २३ असार २०७८ ०५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App