४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जबर्जस्ती करणी उद्योगमा बुवा पक्राउ

आफ्नै छोरीलाई जबर्जस्ती करणी गर्न खोजेको उद्योगमा प्रहरीले बुवालाई पक्राउ गरेको छ। प्रहरीले परिवर्तित नाम राहुललाई नियन्त्रणमा लिएको हो। उनकै सहोदर छोरी परिवर्तित नाम सोनियाले दिएको जानकारीको आधारमा बुवा पक्राउ परेका छन्। 

शुक्रबार कोठाभित्र एक्लै सुतिरहेको मौका छोपी बुवाले जबरजस्ती करणी गर्न खोजेको छोरीको आरोप छ। उनकी छोरीका अनुसार बुवाले यसअघि पनि धेरै पटक दुर्व्यवहार र करणी गर्ने प्रयास गरेका थिए। आफ्नै बुवा भएको कारणले ईज्जतको डरले कसैको सामु मुख खोल्न नसकेको छोरीले बताएकी छन्। 

छोरीले दिएको जानकारीको आधारमा बुवालाई नियन्त्रणमा लिई करणी अभियोगमा अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

प्रकाशित: २० असार २०७८ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App