३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सांसद भडेलद्वारा योजनाको अनुगमन, अधुरा योजनालाई पूरा गर्ने वचन

बागमति प्रदेशका सांसद कृष्णलाल भडेलले चाँगुनारायण नगरपालिका वडा नं. ९ मा भइरहेका विकास निर्माणको अनुगमन गरेका छन्।

साविको ताथली गाविसका विभिन्न वडाहरुमा भइरहेको विकास निर्माणबारे बुझ्न उनले आइतबार अनुगमन गरेका हुन्। प्रदेश पूर्वाधार विकास कोष २०७७/०७८ अन्तर्गत आफ्नो सिफारिशमा भइरहेका विकास निर्माणको काम गुणस्तरीय भएको/नभएकोबारे उनले अनुगमन गरेका थिए।

सो क्रममा उनले चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको गिरी टोल पहिरो नियन्त्रण योजना, तःख्योचास्थित नयाँ बस्तीको सडक ढलान र राउत टोल जाने सडक ढलान अवलोकन गरेका थिए।

सो क्रममा उनले स्थानीयसँग योजनाहरुको कामको बारेमा चासो राख्दै विकास निर्माणलाई गुणस्तरीय बनाउन स्थानीयको भूमिकाबारे स्पष्ट पारेका थिए। उनले गिरी टोल पहिरो नियन्त्रण योजनाका लागि रु. ३५ लाख रुपैयाँ, सडक ढलानका लागि क्रमशः २५ लाख  र ८ लाख विनियोजन गरिएको सांसद भडेलका स्वकीय सचिव समुद्र थापाले जानकारी दिए।  

अनुगमनमा काँग्रेस भक्तपुरका क्षेत्रिय सभापति जीवन खत्री, नेता शंकर गौतमलगायतको उपस्थिति रहेको थियो। अनुगमनको क्रममा सांसद भडेलले विकास निर्माणका लागि आफू कटिवद्द भएको बताउँदै अधुरा योजना र आवश्यक भएको ठाउँको विकासका लागि आफूले पहल गर्ने वचन समेत दिएका थिए।

प्रकाशित: १३ असार २०७८ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App