८ वैशाख २०८१ शनिबार
समाज

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

पत्रकार रूपा सुनारलाई थरका कारण आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधान बुधबार रिहा भएकी छिन्।

जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। यसअघि प्रहरीले   घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको बताइएको छ।

यस्तै, पक्राउ परेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारमा पुगेका थिए।

प्रधानलाई लिन शिक्षा मन्त्री श्रेष्ठ प्रहरी चौकी पुग्दा प्रधानको पक्षमा ठूलो भीड उपस्थित भएको थियो। भीडले प्रधानले आफूलाई जातकै आधारमा कोठा भाडामा नदिएको भनी उजुरी दिएकी रूपा सुनारविरूद्ध नारा लगाएको थियो।

रिहा भएपछि त्यहाँ उपस्थित शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिएर आफ्नो गाडीमा  राखेर प्रधानलाई उनको घरसम्म पुर्‍याइदिएका थिए।

प्रकाशित: ९ असार २०७८ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App