८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीमा तीनजना बेपत्ता

कर्णाली र भेरी नदीमा डुबेर कर्णालीका तीनजना बेपत्ता भएका छन्। रुकुम पश्चिम, कालीकोट र मुगुमा एक/एकजना गरी तीनजना नदीमा बेपत्ता भएका हुन्। कालीकोट पलाता गाउँपालिका–९ थिर्पुका ३४ वर्षीय जङ्ग बम नजिकै रहेको कर्णाली नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। 

नदीले बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा नदीले बगाएरको प्रहरीले जनाएको छ । त्यस्तै मुगुस्थित सोरु गाउँपालिका–७, का ५ वर्षीय शुसिल बुढा पनि कर्णाली नदीमा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार बेपत्ता भएका बालक नदीमा नुहाउने क्रममा नदीले बगाएको थियो।

यता रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ गैरीकी लोकमाया गिरी भेरी नदीमा बेपत्ता भएकी छिन्। बेपत्ता तीनैजनाको प्रहरीले खोजी कार्य जारी राखेको प्रदेश प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठले जानकारी दिए। नदीहरुमा पानीको सतह धेरै र धुमिलो भएकाले प्रहरी र स्थानीयलाई खोजी कार्यमा समस्या भएको छ।

प्रकाशित: ६ असार २०७८ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App