८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एक जनाको मृत्यु

पूर्वपश्चिम लोकमार्गअन्तर्गत् मोरङको सलकपुरमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा भएको दुर्घटनामा नवलपरासी गैंगाकोट–९ घर भई सुन्दरहरैँचा–८ मा बस्दै आएका २५ वर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  

मृतक थापाले चलाएको को ३५ प ५९७१ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सडक निर्माणमा प्रयोग गरिने अनटेष्ट रोलरको पछाडि ठोक्किएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जनाकारी दिए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका थापाको मंगलबार राति ९ बजेतिर विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।  

सोही मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–६ गछियाका ३० वर्षीय रूपक खड्का सामान्य घाइते भएको र रोलर चालक मोरङको कटहरी गाउँपालिका–७ का ३३ वर्षीय सरोज गौतमलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असार २०७८ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App