१६ चैत्र २०८० शुक्रबार
समाज

दैलेखमा कोरोनाबाट एकै वडामा ९ जनाको मृत्यु

सयभन्दा बढीमा ज्वरो, रुघाखोकी लगायतका विरामी देखिएपछि परीक्षण गर्दै स्वास्थ्यकर्मीहरु । तस्बिर : नागरिक

दुल्लु नगरपालिका–१२ मा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । एउटै वडामा यति धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको यो दैलेखमा पहिलो घटना हो ।

मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने, अन्य ३ जना छिमेकीमा पनि ज्वारो आउने, छाती, शरीर दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्य चौकी गौरीका संयोजक रमेश लम्सालले बताए । उनीहरुको परीक्षणविनै विरामी भएको ५ देखि ८ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य ६ जनामध्ये २ जनाको भारतमा मृत्यु भएको थियो । बाँकी ४ जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । यहाँ कामका लागि भारत गएका स्थानीय फर्केसंगै १५ दिनभित्र ९ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।  

एउटै समुदायभित्र ९ जनाको मृत्यु भएपछि अहिले अवस्था जटिल बनेको छ । दुल्लुनगरपालिका वडा नम्वर १२ को एउटै टोलमा एक सय जनाभन्दा बढी विरामी रहेको खवर पाएपछि उपचारका लागि डाक्टरसहितको टिम लिएर परीक्षणका लागि पुगेको मेयर घनश्याम भण्डारीले बताए । उनीहरुमा ज्वरो र रुघाखोकी रहेको छ । आज गरिएको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना देखिएको मेयर भण्डारीले बताए । एउटै वडामा कोरोना लक्ष्यणकै कारण ९ जनाको ज्यान गएको उनले बताए । औषधिसहित पुगेको स्वास्थ्यकर्मीको टोलीले परीक्षणलाई तीव्र दिएको छ ।

प्रकाशित: १ जेष्ठ २०७८ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App