२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण

चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। 

वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त जानकारी दिएको हो। कार्यालयले सार्वजनिक गरेको तथ्यांकले यस आवमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने देखाएको छ।

गत आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर रहेर अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको थियो।

कार्यालयले चालु आवका ६-८ महिनाका रियल डेटा र बाँकी चार महिनाको अनुमानका आधारमा आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो।

प्रकाशित: १५ वैशाख २०८३ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App