इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार शीर्ष स्थानमा रहेको पन्जाब किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन्।
महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रगंशालमा हुनलागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ।
जारी आईपीएलमा पन्जाब अपराजित रहेको छ। टोलीले हालसम्म ७ खेल खेलेकोमा ६ खेलमा जित हात पारेको थियो भने १ खेलमा वर्षाको कारण अंक बाडेको थियो।
अंक तालिकाको चौथौ स्थानमा रहेको राजस्थानले भने ८ खेलमा ५ मा विजयी हुँदा ३ मा पराजय भोगेको छ।
आईपीएलको इतिहासमा हालसम्म पन्जाब र राजस्थानबीच ३० पटक खेल भएको छ। राजस्थानले पन्जाबलाई १७ पटक हराएको छ भने पन्जाबसँग राजस्थान १३ पटक पराजित भएको छ।
आजको खेलमा पन्जाब आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ भने राजस्थान पन्जाबलाई हराउँदै आफ्नो अंक सुधार गर्ने दाउमा छ।
प्रकाशित: १५ वैशाख २०८३ १२:४० मंगलबार





