१६ चैत्र २०८० शुक्रबार
समाज

इटहरीका प्रत्येक वडामा मास्क र सेनिटाइजर वितरण

नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समिति सुनसरीले इटहरी उपमहानगरपालिकाका प्रत्येक वडामा मास्क र सेनिटाइजर वितरण गरिने भएको छ। 

कोभिड-१९ अनुगमन समिति सुनसरीका संयोजक विकास केसीका अनुसार इटहरीका २० वटै वडाका कांग्रेस सभापतिलाई ६ सय पिसको दरले मास्क र पाँच लिटरको सेनिटाइजर हस्तान्तरण गरिएको हो। वडा सभापतिलाई हस्तान्तरण गरिएको मास्क र सेनिटाइजर घरबस्तीमा पुगेर वितरण गरिने भएको छ।  

कोरोना महामारीको दोस्रो लहरले इटहरी तथा आसपासका क्षेत्रमा संक्रमित र मृत्यु हुनेको संख्या तव्रि रुपमा बढीरहेकाले गर्दा वितरण गर्न लागिएको हो। यसैगरी, इटहरी वडा नं. १६ का घनश्याम खड्काले कोरोनाका बिरामी बोक्न आफ्नो गाडी एम्बुलेन्सको रूपमा दिने घोषणा गरेका छन्।

प्रकाशित: १ जेष्ठ २०७८ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App