coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा सकस

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो। तर प्लान्टबाट सिँधै १ सय ५० बेडमा अक्सिजन पुगिरहेको प्रतिष्ठानले जनाएको छ।

बिजुली नहुँदा जेनेरेटर चलाएर भए पनि जेनतेन अक्सिजन बेडसम्म पुर्‍याइरहेका छौँ, प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले भने,‘बुस्टर कम क्षमताको भएको कारणले सिलिण्डर भर्न सकिएको छैन। बुस्टर खरिदको लागि टेण्डर भइसकेको छ। केही दिनभित्र यहाँ अक्सिजन सिलिण्डर भर्ने व्यवस्था हुनेछ।’

अक्सिजन प्लान्टबाट सिलिण्डर भर्नको लागि आवश्यक पर्ने बुस्टर खरिद प्रक्रिय अघि बढिसकेको छ। एक दुई दिनभित्र ३ देखि ४ सय अक्सिजन सिलिण्डर खरिद गर्ने तयारी भइरहेको रजिष्ट्रार काफ्ले बताउँछन्। कर्णाली प्रदेश सरकार र केन्द्र सरकारले दिएको बजेटले खरिद प्रक्रिया अघि बढिरहेको हो।  

जुम्लामा रहेको अक्सिजन प्लान्टले यहाँको तीन सय बेडलाई धान्छ। तर अहिलेको मुख्य समस्या भनेको बिजुली हो। रजिष्ट्रार काफ्लेले भने,‘बिजुली भए मात्र जुम्लालाई अक्सिजनको समस्या हुँदैन। अहिले बिजुली अभावका बावजुद १ सय ५० बेडमा अक्सिजन पुगिरहेको छ।’

चौविसै घण्टा जेनेरेटर चलाउँदा प्रतिष्ठानले खर्चको भार थेक्न सक्ने अवस्था रहदैन। बिजुली र बुस्टर जडानपछि चौविस घण्टामा ६० सिलिण्डर भर्ने लक्ष्य रहेको छ। अहिले जेनेरेटर चलाएर अक्सिजन उत्पादन गर्दा १० देखि १२ लाख रुपैयाँ मासिक खर्च आउँछ। बिजुली बिना अक्सिजन प्लान्ट चलाउन गाह्रो छ। उनले भने,‘बैकल्पीक उपायको पनि खोजि भइरहेको छ। जुम्लामा अक्सिजन अभाव हुन दिँदैनौँ।’

बिद्युत् व्यवस्थापनको लागि बिद्युत् प्राधिकरण शाखा कार्यालय जुम्लासंग समन्वय भइरहेको प्रतिष्ठानले जनाएको छ। ‘प्राधिकरण शाखा जुम्लाको हाकिम सावले फोन गर्नु भएको थियो। यहाँ १ सय ५० किलोबाट बिजुली छ। सर्वपक्षीय बैठक बसेर कर्णाली प्रतिष्ठानलाई प्राथमिकतामा राखेर बिजुली व्यवस्थापन गरौँ भनेर भन्नु भएको छ, रजिष्ट्रार काफ्लेले भने,‘२४ घण्टामा १२ घण्टा बिजुली प्रतिष्ठानलाई दिन सकिएको खण्डमा निकै राहत हुनेछ। १२ घण्टा बिजुली उपलब्ध गर्नको लागि पहल भइरहेको छ।’

‘अहिले बेडमा राखिएका बिरामीलाई अक्सिजनको समस्या छैन। प्लान्टकै अक्सिजनले काम गरेको छ। सिलिण्डर भर्न बुस्टर चाहिन्छ। खरिद प्रक्रिया अघि बढिसकेको छ। बुस्टर जडान हुने वित्तिकै अक्सिजन सिलिण्डर जुम्लामै भरिन्छ। अनि सजिलो भइहाल्छ,’ रजिष्ट्रार काफ्लले भने।  

अहिलको बुस्टरले २४ घण्टामा ८ अक्सिजन सिलिण्डर भर्छ। राष्ट्रिय प्रशारण लाइन कालिकोटसम्म पुगेको छ। जुम्ला पुगेपछि अक्सिजन अभाव हुने छैन। बिजुली अभावले मात्र समस्या भइरहेको छ।

प्रकाशित: २८ वैशाख २०७८ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App