२० वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

दोलखामा पनि १० दिन निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण तीव्रभएसँगै दोलखामा स्थानीय प्रशासनले १० दिने निषेधाज्ञा जारी गरेको छ।  संक्रमण बढेको भन्दै बुधबार सम्पन्न जिल्ला कोभिड व्यवस्थापन  केन्द्र ९डिसिएमसी० को निर्णय लगत्तै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जिल्ला भर १० दिने निषेधाज्ञा जारी गरेका हुन् ।  

प्रजिअ घिमिरेको आदेश अनुसार जेठ १ गते सम्म सवारी, पसल, व्यवसाय, उद्योग कलकारखाना बन्द गरिएको छ । खाद्यान्न र किराना पसललाई बिहान २ घण्टा खोल्न दिईने आदेशमा उल्लेख छ ।  जिल्ला बुधबार दिउँसो सम्म ४९ जना कोरोना संक्रमित फेला परिसकेका छन् ।

प्रकाशित: २२ वैशाख २०७८ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App