८ वैशाख २०८१ शनिबार
समाज

घोराहीको जंगलमा भेटियो मानव कंकाल, कंकाल सञ्चारकर्मी देवेन्द्रको भएको आशंका

घोराहीको एक जंगलमा मानव कंकाल भेटिएको छ । घोराही लेटार जनकपुरको जंगलमा भेटिएको उक्त कंकाल केही महिनादेखि हराईरहेका सञ्चारकर्मी देवेन्द्र ओलीको हुन सक्ने आशंका गरिएको छ । तर परिवारले भने अहिले सम्म देवेन्द्रको कंकाल हो भनेर स्वीकार गरिसकेको छैन ।  

कंकालको डिएनए परीक्षणबाट मात्रै यथार्थता थाहा हुने भन्दै परिवारले डिएनए परीक्षणको माग गरेको छ । उक्त कंकालसंगै ज्याकेट,घडी, जुत्ता भेटिएका छन् । ज्याकेट, घडी र जुत्ता भने देवेन्द्रकै हुन सक्ने आशंका परिवारले गरेको छ ।

‘ज्याकेट, घडी र जुत्ता छोरा देवेन्द्रकै हो जस्तो देखिन्छ,’ देवेन्द्रका बुवा दोर्णले भने ‘तर यि तीन चिजकै आधारमा छोराकै कंकाल हो भनेर भन्न सकिने अवस्था छैन ।’  

उनका अनुसार देवेन्द्रले प्रयोग गरेको मोबाईल र लगाएको सर्ट भने फेला परेको छैन । डिएनए परीक्षणनै छोराको शव हो वा हैन भन्ने थाहा पाउने एक मात्रै बिकल्प भन्दै उनले अन्यथा देवेन्द्रको कंकाल भनेर आँफूहरुले स्वीकार्न नसक्ने दोर्णको भनाई छ ।  

‘डिएनए परीक्षणबाट मात्रै यथार्थता थाहा हुन्छ,त्यो नहुँदासम्म छोराको शव हो भनेर हामीले स्वीकार्दैनौँ,’दोर्णले भने ‘डिएनए परीक्षणका लागि प्रकृया सुरु गर्ने भन्ने कुरा भएको छ ।’ गत माघ १५ गते घोराही स्थित दिदीको घरबाट निस्केका देवेन्द्र त्यस यता बेपत्ता छन् । उनि दिदीको घरमा डेरा गरि बस्दै आएका थिए । 

प्रकाशित: २० वैशाख २०७८ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App