३ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का नियुक्त

कर्णाली प्रदेशसभाको सचिवमा डा अर्जुनकुमार खड्का नियुक्त भएका छन्।  

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मंगलबार डा खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गरेकी हुन्। नवनियुक्त प्रदेशसभा सचिव खड्काले मंगलबार नै पद तथा गोपनियताको शपथ लिई पदभार ग्रहण गरिसकेका छन्।  

खड्का सिद्धिचरण नगरपालिका–९ ओखलडुङ्गा जिल्लाका स्थायी निवासी हुन्। सङ्घीय संसद सचिवालयमा पाँच वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ।  

संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनले विसं २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा प्रदेशसभा बैठक सञ्चालनमा सहजीकरण गरेका थिए।

प्रकाशित: १६ वैशाख २०८३ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App