१५ चैत्र २०८० बिहीबार
समाज

पछिल्लो २४ घण्टामा बाँकेमा थप ११ जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण बाँकेमा १० जनाको मृत्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका संक्रमितको मृत्यु भएको हो ।  

भेरी अस्पतालमा नेपालगन्ज १२ निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा चैत ३१ गते कोरोना पोजेटिभ आएपछि होम आईसोलेशनमा बसेका उनी बैशाख ६ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि बुधबार बिहान साढे २ बजेतिर मृत्यु भएको हो ।  

भेरी अस्पतालमै उपचार गराइरहेकी नेपालगन्ज १७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको हो । भेरी अस्पतालमा यही वैशाख ८ गते कोरोना पोजेटिभ भएकोमा ९ गते भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि मंगलबार राती साढे १० बजेतिर मृत्यु भएको हो ।  

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ कि ३७ वर्षीया महिलाको पनि मंगलबार बेलुकी ७ बजेतिर भेरी अस्पतालमा मृत्यु भएको छ । यही वैशाख २ गते दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पोजेटिभ आएपछि ४ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।  

यसैगरी भेरी अस्पतालमै उपचार गराइरहेका तुलसीपुर–७ दाङका ३१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । भेरी अस्पतालमा यही वैशाख १२ गते कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि मंगलबार बेलुकी साढे ६ बजेतिर उनको मृत्यु भएको हो ।  

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी ४५ वर्षीया महिलाको पनि भेरी अस्पतालमा मृत्यु भएको छ । यही वैशाख ९ गते अस्पतालमा भर्ना भएकी उनलाई वैशाख १२ गते कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा कुनै सुधार नभएपछि उपचारका क्रममा मंगलबार बेलुकी ६ बजेतिर मृत्यु भएको हो ।  

सोही अस्पतालमा उपचार गराइरहेका नेपालगन्ज–७ निवासी ५१ बर्षिय पुरुषको पनि मृत्यु भएको छ । यही बैशाख २ गते कोरोना पोजेटिभ भएपछि उनी होम आईसोलेशनमा बसिरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी बैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार अपरान्ह सवा ४ बजेतिर मृत्यु भएको हो ।  

त्यसैगरी भेरी अस्पतालमा उपचार गराइरहेका बाँके बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । यही बैशाख ११ गते कोरोना पोजेटिभ भएकोमा १२ गते भेरी अस्पतालमा उनी भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि मंगलबार पौने ३ बजेतिर उनको मृत्यु भएको हो ।  

कोरोना संक्रमित बाँके खजुरा गाउँपालिका वडा नम्बर २ निवासी ४८ बर्षिया महिलाको पनि भेरी अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा सोमबार भर्ना भएकी उनलाई मंगलबार कोरोना पोजेटिभ भएकोमा दिउँसो सवा १२ बजेतिर मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी ७२ बर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेजमा मंगलबार बिहान ११ः२५ बजेतिर मृत्यु भयो । उनलाई सोमबार मात्र कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।  

मेडिकल कलेजमै तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ९ निवासी ७४ बर्षिया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मेडिकल कलेजमै पिसिआर परिक्षण गर्दा उनलाई आइतबार कोरोना पोजेटिभ भएको थियो । भोलीपल्ट सोमबार अस्पतालमा भर्ना भएकी उनको मंगलबार बिहान सवा ६ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।  

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १ निवासी ६० बर्षिया महिलाको पनि नेपालगन्ज मेडिकल कलेजमै मृत्यु भएको छ । यही बैशाख १० गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भोलीपल्ट अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि उनको मंगलबार बिहान पौने ३ बजेतिर मृत्यु भएको हो । यससँगै कोरोना संक्रमणबाट बाँकेका ९९  र बाहिरी जिल्लाका १ सय ८ जनाको मृत्यु भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।  

प्रकाशित: १५ वैशाख २०७८ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App