१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अन्यत्रबाट आउनेलाई होम क्वारेन्टिनमा बस्न आग्रह

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ। कोभिड–१९ को दोश्रो लहरको संक्रमण दर थप बढ्न सक्ने खतरा देखिएको भन्दै नगरपालिकाले नगरभन्दा बाहिरका क्षेत्र तथा शहरबाट आउने नागरिकलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको हो।  

मंगलबार सूचना जारी गर्दै नगरपालिकाले सकेसम्म एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल नगरी ‘जहाँ छौं त्यहीँ’ बस्न आग्रह गरेको छ। ‘कोभिड–१९ लाई नियन्त्रण र व्यवस्थापनका लागि यस नगरपालिकाभन्दा अन्य क्षेत्र र शहरबाट सकेसम्म नआउने, जहाँ छौँ त्यहीँ सुरक्षित बसौं,’ नगरपालिकाको सूचनामा भनिएको छ, ‘यदि आउनुपर्ने नै भए आउनुहुने नगरवासीले बाहिर हिँडडुल नगरी अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्नुहुन हार्दिक अनुरोध छ।’

प्रकाशित: १४ वैशाख २०७८ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App