१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

एकै परिवारका ९ जनामा कोरोना, एक जनाको मृत्यु

फाइल तस्बिर

भारतमै कोरोना संक्रमित भई अघिल्लो साता ढाटेर दैलेख आएका ३८ वर्षीय एक युवाको परिवारमा संक्रमित भएको छ । अघिल्लो हप्ता ती युवाको दुल्लु अस्पतालबाट उपचारका लागि प्रदेश अस्पताल लैजादै गर्दा मृत्यु भयो । 

मृत्युपछि मात्र उनी भारतबाट कोरोना संक्रमित भएको पुष्टि भयो । दुल्लुनगरपालिका – २ घर भएका उनको परिवार सहित छिमेकीको कोरोना परिक्षण गरियो । उनको परिवार र छिमेकीहरुमा गरिएको  कोरोना परिक्षणमा ९ जना संक्रमित भए । ९ जना मध्ये ८ जना परिवारभित्रै र १ जना छिमेकीलाई कोरोना देखिएको हो । 

 कोरोनाबाट मृत्तक युवाका ३५ वर्षीया श्रीमती, १३ र १४ वर्षका छोराहरु, ३ जना हजुरबुबा, दुई काका र एक छिमेकीमा कोरोना संक्रमण देखिएको दुल्लु अस्पताललाई उदृत गर्दै दुल्लुनगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए ।  

परिवारका सदस्यसहित २५ जना छिमेकीमा कोरोना परीक्षण गरिएकोमा ९ जनामा कोरोना देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले बताए । ‘जिल्लामा भारतबाट आउनेहरुका कारण भित्रभित्र कोरोना संक्रमण फैलिसकेको छ । निमित्त कार्यालय प्रमुख रेग्मीले भने, ‘ परीक्षणका लागि आवश्यक किटहरुको अभाव रहेको छ ।’  

प्रकाशित: १३ वैशाख २०७८ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App