coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एकैरातमा भेरीका ३ जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा उपचार गराइरहेका थप ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु भएको छ। अस्पतालको कोभिड वार्डमा भर्ना भएका बाँके, बर्दिया र दैलेखका दुई महिला तथा एक पुरुषको शनिबार राती मृत्यु भएको हो। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया राजापुर नगरपालिका वडा नम्बर १ निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुकी ७ बजेतिर मृत्यु भएको हो। भेरी अस्पतालमा यही बैशाख २ गते भर्ना भएका उनको दुई दिनमै मृत्यु भएको ओलीले बताए।  

यस्तै भेरी अस्पतालमा उपचार गराइरहेकी बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उनको शनिबार राती ७ः४० बजेतिर मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए। स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गरिएकोमा बैशाख १ गते पोजेटिभ आएपछि भेरीमा भर्ना गरिएको थियो।  

यसैगरी भेरी अस्पतालमा शनिबार राती नै दैलेख नारायण नगरपालिका वडा नम्बर १ निवासी ६८ वर्षीया महिलाको मृत्यु भएको छ। गत चैत ३० गते पिसिआर परीक्षण गरिएकोमा ३१ गते कोरोना पोजेटिभ देखिएको थियो। बैशाख १ गते भेरी अस्पतालमा भर्ना भएकी उनको शनिबार राती साढे ९ बजेतिर मृत्यु भएको हो। यो सँगै कोरोना संक्रमणबाट बाँकेका मृतकको संख्या ६० र बाहिरी जिल्लाको मृतक संख्या ९६ पुगेको फोकल पर्सन ओलीले बताए।

 ‘भेरी अस्पतालमा भर्ना भएका तीन जना संक्रमितको तीन घण्टाको फरकमा ३ जनाको मृत्यु भएको छ,’ उनले भने, ‘कोरोना संक्रमणबाट बच्न धेरै सचेत हुनुपर्ने अवस्था छ।’

प्रकाशित: ५ वैशाख २०७८ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App