३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मालपोत कार्यालय विस्फोट प्रकरणः पक्राउ गरिएका युवकलाई अभद्र मुद्दा

मालपोत कार्यालय लहानमा आइतबार भएको बम विस्फोटमा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीले एक जना युवकलाई पक्राउ गरी सिरहा प्रहरीलाई बुझायो। सिरहा प्रहरीले युवकलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पठायो। प्रहरीले घटनास्थलको सिसि क्यामेरा फुटेजमा देखिएका संकित व्यक्तिसँग सशस्त्रले पक्राउ गरी बुझाएका युवकको हुलिया मिलाए। उनको अपराधिक गतिविधिको ट्रयाक रेकर्ड खोजी गर्दा पनि केही नभेटिएपछि प्रहरीले अभद्र व्यवहारमा जिल्ला अदालतबाट म्याद लिएर हिरासतमा रोखेको छ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दहालका अनुसार सशस्त्र प्रहरीले सोमबार सुखिपुर नगरपालिका २ विद्यानगरबाट पक्राउ गरेको लहान नगरपालिका १८ भदैयाका ३५ वर्षीय बलराम मण्डलको बम विस्फोटसँग कुनै संलग्न अहिलेसम्मको अनुसन्धानबाट देखिएको छैन। उनको अपराधिक पृष्ठभूमि पनि भेटिएको छैन। विस्फोटनको जिम्मेवारी लिएका जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)सँग उनको संलग्नता देखिदैन। 'संलग्नता नै नदेखिएपछि उनलाई विस्फोटसँग बलजफ्ती जोडेर मुद्दा चलाइदिनु त भएन नि,' उनले भने। मण्डलको कल विस्तृत कल रेकर्ड मगाएका छौं उनले भने,‘यसमा पनि कुनै संकित सम्पर्क नदेखिए छोडिदिन्छौं। तीन दिनमा हामीले हरेक पाटोमा शुक्ष्म अनुसन्धान गर्दा उनको कतै कुनै संलग्नता देखिदैन। भोलीसम्म मण्डललाई बोलाएको बेला हाजिर हुने गरी तारेखमा छोड्छौं।’

घटनाको जिम्मा जनतान्त्रिकले लिएकोले आवद्ध व्यक्तिको खोजी, सिसि क्यामेरामा देखिएका शंकित व्यक्तिको खोजी, उनीहरु चढेको मोटरसाइकल, हिँडेको बाटोलगायतको पाटोमा अनुसन्धान केन्द्रित रहेको डीएसपी दहालले बताए। सशस्त्र प्रहरीका सिरहा प्रमुख दीपेश गिरीले मण्डललाई मालपोत कार्यालयको वम विस्फोटमा संलग्न रहेको संचारकर्मीहरुलाई जानकारी गराएका थिए ।  

बम विस्फोटमा आठजना घाइते भएका थिए । जसमध्ये घाइते भएका सेवाग्राही धनगढीमाई नगरपालिका–४ जयपुरका ३० वर्षीय दिनेश भण्डारीको वीर अस्पतालमा उपचार भइरहेको छ । बाँकी सात जना उपचारपछि घर फर्किसकेको डीएसपी दहालले बताए।

प्रकाशित: ५ चैत्र २०७७ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App