१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दैलेखमा मनलनग्दी नदीजन्य पदार्थ उत्खनन

फाइल तस्बिर

नारायण नगरपालिकामार्फत ठेक्कामा लिएका व्यक्तिले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) विपरीत बीचखोलाबाटै नदीजन्य पदार्थ झिकेको पाइएको छ। लोहोरे खोला र छामघाट खोलाको बीचभागबाट नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको हो।

बीचखोलामै डोजर चलाएर उत्खनन गरिँदासमेत सम्झौता गर्ने नारायण नगरपालिका रमिते बनेको छ। उनीहरूले जनप्रतिनिधिकै आडमा मनलाग्दी उत्खनन गरेको पाइएको छ।

शक्तिको आडमा उनीहरूले सामान्य मापदण्डसमेत पूरा नगरेर खुलमखुला पुलनजिक र नदिभित्र बाटै उत्खनन गरेका हुन्। नगरपालिकाले लोहोरे खोलामा दीपक शाही र छामघाट खोलामा रोहन कटुवालको नाममा ठेक्कासम्झौता गरेको छ। 

शाहीले ६ लाख ७१ हजार र कटुवालले ३ लाख ८६ हजार २ सय ९० रूपैयाँमा ठेक्कासम्झौता गरेको नगरपालिकाको राजस्व शाखाले जनाएको छ। ठेकेदारले दुवै खोलाबाट कुनै पनि मापदण्ड पूरा नगरेर हाकाहाकी पुल र बीचखोलामा नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन्।

प्रकाशित: ९ फाल्गुन २०७७ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App