१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

रसुवामा दक्षिण कोरियाको ४४ सदस्यीय उद्धार टोली परिचालन

रसुवामा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिण कोरियाले ४४ सदस्यीय विपद् उद्धार टोली नेपाल पठाएको छ। 

दक्षिण कोरियाबाट रसुवाको धुञ्चे पुगेको उद्धार टोलीले आजदेखि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य सुरु गर्ने भएको छ। उक्त टोलीले माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिकको समेत खोजी गर्ने छ। उनीहरूमध्ये छ जना दुसान एनर्बिलिटीका कर्मचारी र तीन जना कोरिया साउथ–इस्ट पावरका कर्मचारी रहेका छन्। 

दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार विदेशमा हुने ठूला विपद्का बेला आपत्कालीन राहत तथा उद्धारका लागि परिचालन हुने सार्वजनिक–निजी ओभरसिज इमर्जेन्सी रिलिफ काउन्सिलको निर्णयपछि टोली नेपाल पठाइएको हो। 

४४ सदस्यीय उद्धार टोलीको नेतृत्व दक्षिण कोरियाको विदेश मन्त्रालयका विकास सहयोगसम्बन्धी महानिर्देशक ली क्यु–होले गर्नेछन्। 

प्रकाशित: १६ भाद्र २०८३ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App