४ वैशाख २०८१ मंगलबार
समाज

अनुसन्धानका सहायक सुचकको हत्या

घटनास्थलबाट शव लैजादै प्रहरी । तस्विरः नागरिक

बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा काम गर्ने कर्मचारी मृत अवस्थामा भेटिएका छन । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सुचक प्रविण थापामगरको शव बाँकेको लग्दहवा नजिकै तोरीबारीमा भेटिएको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा उनको टाउँ र मुखमा प्रहार गरेर हत्या गरिएको हुन सक्ने प्रहरीले बताएको छ ।  

घटनाको बारेमा अहिले बाँके प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको शव नेपालगन्ज उप–महानगरपालिकाको लग्दहवामा शुक्रबार दिउँसो भेटिएको थियो । उनको शरीरमा डामहरु देखिएको प्रहरीले बताएको छ ।  

टाउँकोमा पनि चोट लागेको देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन । अनुसन्धानका सहायक सुचकको हत्या भएको हुन सक्ने सम्भावना भएको भन्दै प्रहरीले बाँके प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको प्रहरीले बताएको छ ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी सुबास खड्काले हत्याको बारेमा अनुसन्धान भैरहेको बताए । उनले भने, ‘अनुसन्धानको विभिन्न पाटोलाई हामीले हेरेर अध्ययन सुरु गरिसकेको छौं । छिटै तथ्य बाहिर आउनेछ । उनको हत्या ब्यक्तिगत कारण भएको हो वा व्यावसायिक कारणले त्यो कुरामा हामीले अनुसन्धानलाई केन्द्रित गरेका छौं । अहिले अरु केहि भन्न सकिन्न ।’ शुक्रबार बाँके प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न घटनास्थलमा कुकुरको प्रयोग समेत गरेको थियो ।  

 

प्रकाशित: २ माघ २०७७ १४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App