coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोदोको खिर बनाएर साह पुगे बीबीसी मास्टर सेफको शीर्ष ४ मा

नेपाली सेफ सन्तोष साह 'बीबीसी मास्टर सेफ' को शीर्ष चौंथो स्थानमा पुगेका छन्। शीर्ष ६ मा रहेका उनी कोदोको खिर बनाउँदै शीर्ष ४ मा उक्लिएका हुन्। उक्त कार्यक्रम मंगलबार बीबीसी वानमा प्रशारण हुन्छ।  

यस अघि उनीले योमरी बनाएर निर्णायकको मन जितेका थिए। साहले यो पटक आँफको कुल्फी र आँपको अमोट पनि बनाएका थिए। उनले बनाएका नेपाली परिकारको निर्णायकले तारिफ गरेका थिए। निर्णायकले साहलाई खरायोको  ‘फ्रेन्च क्लासिक डिस’ बनाउन भनेका थिए। उनले त्यसलाई नेपाली भुटनको शैलीमा पस्किए।  

यस अघिका सोमा साहले पोलेको भेडाको मासु, मकैको रोटी, मासुको झोल, सिस्नु, आलुको तरकारी,  भाङको चटनी,  बेथेको साग,  तामाको अचार बनाएका थिए।  

यो पनि पढ्नुहोस्

सन्तोष साह : सिरहादेखि बीबीसी मास्टर सेफ यात्राका आरोह अवरोह

 

 

 

प्रकाशित: १ पुस २०७७ ०५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App