देशभर पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्। नेपाल प्रहरीका अनुसार विभिन्न प्रदेशमा भएका दुर्घटनाबाट मानवीय क्षति भएको हो।
तथ्यांकअनुसार सबैभन्दा धेरै घाइते काठमाडौं उपत्यकामा भएका छन्। उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यसगरी कोशी प्रदेशमा २७, लुम्बिनीमा २१, मधेशमा २०, सुदूरपश्चिममा १३, कर्णालीमा ६ र बागमती प्रदेशमा ५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा दुई जना लुम्बिनी प्रदेशका र एक–एक जना मधेश र कोशी प्रदेशमा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
प्रहरीका अनुसार मृत्यु भएका घटनामध्ये सिरहामा ट्रकको ठक्करबाट ७२ वर्षीय एक पैदलयात्रीको ज्यान गएको हो भने बारामा मोटरसाइकलको ठक्करबाट घाइते भएका २५ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको छ।
यस्तै, कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित: १० श्रावण २०८३ १४:१३ आइतबार



-600x400.jpg)

