बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचारत बुटवल उपमहानगरपालिका ८ का ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा बिष्णु गौतमले जानकारी दिए।
कात्तिक १ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको आइसीयुमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो। उच्च रक्तचाप,मधुमेहको समेत समस्या रहेका उनलाइ स्वासप्रश्सवाको समस्या देखिएपछि अस्पताल ल्याइएको र उपचारकै क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको डा गौतमले बताए। यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
प्रकाशित: १४ कार्तिक २०७७ ०६:३९ शुक्रबार