५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

डा. केसीसँगका सम्झौताको अवस्था माग

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकारले चासो नदिएको भन्दै विगतका सम्झौता कार्यान्वयनको जानकारी गराउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई पत्र पठाएको छ । डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालयबाट टोली बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी अनुगमन गरेको थियो । स्वास्थ्य अवस्थाबारे सरकारले चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।  

आयोगले स्वास्थ्य अवस्था र विगतमा भएका सम्झौता कार्यान्वयन कहाँ पुग्यो भन्नेबारेमा जानकारी माग्दै पत्र पठाएको हो ।आयोगले डा।केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न सरकारसँग आग्रह गर्दै वार्ता र संवादको माध्यमबाटै समाधान गर्दै जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको हो । लामो समयदेखि चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनलगायतको माग गर्दै अनशन बसेका डा।केसीको विषयमा आयोगले बुधवार अनुगमन गरेको थियो । 

यसैगरी पूर्वप्रधानमन्त्री एवं समाजवादी जनता पार्टीका नेता डा। बाबुराम भट्टराईले डा। गोविन्द केसीका माग जायज रहेको बताउँदै तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । गृह जिल्ला गोरखा पुगेका उनले पत्रकारहरूसँग कुराकानी गर्दै डा। केसीको जीवन रक्षा गर्न आग्रह गरे ।

प्रकाशित: २२ आश्विन २०७७ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App