१६ चैत्र २०८० शुक्रबार
समाज

प्रहरी भन्छ : बलात्कार आरोपमा मिलापत्रबाट छुटेका राजेन्द्र नै सम्झनाका हत्यारा

२६ महिना अघि कंचनपुरकी १३ वर्षिय निर्मला पन्तको बलत्कारपछि हत्या भएको घटनाले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा पायो। अपराधीलाई कारवाहीको मागराखि देशैभर प्रदर्शन भए। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यान समेत गयो। निर्मलाको हत्याको घटनाको दोषी पत्ता लगाउन सायद सवैभन्दा बढी छानबिन समिती गठन भएर अध्ययन र अनुसन्धान पनि गरे। तर निर्मलाको बलत्कार गरेर हत्या कसले गरेको भन्ने कुरा अझै खुल्न सकेको छैन र अपराधी पक्राउ पर्न सकेको छैन।  

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी थिइन्। त्यही दिन हराएकी उनको दोस्रो दिन (११ गते) बिहान नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला पर्योत। कलिलो उमेरकी चेलीको बलत्कार पछि बर्वर हत्या भएको घटनामा अझैसम्म न्याय नपाउँदा घाउ पुरिन नपाउँदै सुदूरपश्चिम प्रदेशको बझाङमा १२ वर्षीय वालिकाको बलत्कार पछि हत्या भएको कहालीलाग्दो घटनाले सवैलाई दुखीत र आक्रोशित बनाएको छ।

बलत्कारको घटना समाजमै गुपचुप राख्दा अर्को बलत्कार र हत्या भयो : प्रहरी

बझाङ मष्टा गाउँपालिका २ कि १२ वर्षीया सम्झना कामीको बलत्कार पछि हत्या गरेको घटनाको धेरै तथ्य र प्रमाण फेला पारिसकेको प्रहरीले बताएको छ। पक्राउ परेका १८ वर्षीय राजेन्द्र वोहराले नै वालिकाको बलत्कार पछि हत्या गरेको प्रमाण र तथ्य फेला पारेको प्रहरीले बताएको छ। राजेन्द्रले यस अघि पनि अर्को एक वालिकाको बलत्कार गरेको रहस्य खुलेको छ।  

यो पनि पढ्नुहोस्

चारदिनदेखि सम्झनाको शव उठेन

साउन २९ गते १४ वर्षीय बालिकाको बलात्कार गरेर गर्भ रहेमा स्विकार्ने शर्तमा गाउँमै मिलापत्र गरिएको थियो। बालिकालाई बलात्कार गरेपछि मिलापत्र गरेर उन्मुक्ती पाएकै कारण राजेन्द्रले १२ वर्षीय सम्झनाको बलात्कार पछि हत्या गरेको प्रहरीको भनाई छ।‘हामीले अनुसन्धान गर्दा सम्झनाको बलात्कार पछि हत्या राजेन्द्रले गरेको नै पाइएको छ’सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीले भने,‘बालिका बलात्कार गरेर समाजमै मिलापत्र भएको घटनाले पनि  यो घटनामा उत्प्रेरकको काम गरेको छ।’  गर्भ रहेमा स्विकार्ने शर्तमा गाउँमै मिलापत्र गरेको कागजपत्र फेला पारेको उनले बताए।‘ बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गर्ने गलत काम समाजले गरेछ’ उनले भने,‘समाजले मिलापत्र गरी घटना गुपचुप राखेर उन्मुक्ती पाएकाले यो घटना घटाउन थप उत्साहित गरेको देखिन्छ।’

साउन २९ गते साँझ ५ बजे मष्टा २ कै १४ वर्षीय एक बालिकालाई राजेन्द्रले घट्टमा बलात्कार गरेका थिए। बलात्कार पछि दुवै पक्षबीच गाउँमा छलफल गरेर मिलापत्र गरिएको थियो। गर्भ रहेमा जम्मा लिने सर्तमा दुवै पक्षकाले हस्ताक्षर गरेर मिलापत्र गरको उनले बताए। राजेन्द्रका वुवा र १४ वर्षीय बालिकाको दाजु लगायत दुवै पक्षका ३, ३ गरि ६ जनाको मिलापत्रमा हस्ताक्षर रहेको छ।

‘जघन्य अपराधको घटना मिलापत्र गर्ने पनि दोषी हुन, घटनाको छानबिन गरि मिलापत्र गर्नेलाई कारवाही गरिने छ’डिआईजी सुवेदीले भने। त्यतीबेला बलात्कारको घटना प्रहरीमा आएर राजेन्द्रलाई कारवाही हुने अवस्था आएको भए अहिले १२ वर्षीय सम्झनाले बलात्कार पछि ज्यान गुमाउने नियती भोग्नु नपर्ने प्रहरीको निष्कर्ष छ।

सधै आधा घण्टाको दुरीमा रहेको भैसिगोठमा जाने सम्झनालाई राजेन्द्रले पछ्याउन गरेको खुलेको छ। बालिकाको कानमा भएको सुनको वाली देउ भनेर राजेन्द्रले माग्ने गरेको उनले बाजेलाई भनेकी थिइन्। सुनको वाली माग्ने, बाटोमा पिछा गर्ने कुरा बालिकाले भन्दा पनि अभिभावकले गंभिर रुपमा नलिएको अभिभावकको कमजोरी पनि रहेको प्रहरीको भनाई छ। राजेन्द्रका नाममा बालिकाका बाजेले किटानी उजुरी दिएका छन्। बालिकाको पोष्टमार्टम रिपोर्ट आएको छ। रिपोर्टमा बलात्कार पछि हत्या भएको देखिएको छ। बलात्कार पछि टाउकोमा ढुंगाले हानेर हत्या गरेको प्रहरीको भनाई छ।

राजेन्द्रको नाममा वडा कार्यालयमा आधा दर्जन भन्दा बढी कारवाहीको माग राख्दै निवेदन आएको र उसलाई बोलाएर धेरै पटक सम्झाई बुझाई गरेको मष्टा गाउँपालिका २ का वडा अध्यक्ष शेर बहादुर खड्का ले बताए।

उनले भने ‘निवेदमा कसैको बाख्रा खाएको कसैको पसल चोरेको कसैको पकेट काटेको कसैलाई बलात्कृत गर्ने खोजेको जस्ता घटनाका निवेदन छन् हामीले उसको बुबा आमा र दाईलाई समेत वडामा बोलाए र सचेत गराएका थियौं।’

घटना यस्तो थियो

बझाङ मष्टामाण्डौकी १२ वर्षीय सम्झना गत बुधवार दिउँसो ४ बजे हसिया र डोको वोकेर घर भन्दा अधा घण्टाको दुरीमा रहेको सिम भन्ने ठाउँमा भैसि गोठमा गइन्।  खोला तरेर उनी सधै भैसि गोठमा जाने गर्थिन्। त्यसदिन उनले खोला तर्न नै पाइनन्। साँझ घर नफर्केपछि खोजी गर्दा खोला वारी नै वाटो छेउमा डोको र नाम्लो भेट्टीयो। नजिकैको मन्दिरमा बालिकाको शव फेला पर्यो। कानमा सुनको वाली छैन।

गाउँकै मष्टा निमावि तुतिमा कक्षा ५ पास गरेर ६ कक्षामा पुगेकी थिइन उनी। सम्झनाका बाबु ३७ वर्षीय बिजुली कामी र आमा धैली कामी  रोजगारी गर्न भारत गएको चार बर्ष भयो।  

 

 

प्रकाशित: ११ आश्विन २०७७ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App