५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

७७ वर्षमा बल्ल नागरिकता !

जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएपछि ७७ वर्षीया असरी घले। तस्विर : नरहरि

१८ वर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट पाउँछन्। तर केही दुर्गम ठाउँहरुमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताको बारेमा थाहा नभएका मानिस अहिले पनि छन्।  

नागरिकता किन बनाउनु पर्छ, फाईदा के छ, के काम गर्छ, कसरी कहाँ बनाउने भन्ने ज्ञान नहुँदा गोरखाको धार्चे गाउँपालिका ६ यार्साकी असरी घलेले ७७ वर्षको उमेरमा बिहीबार बल्ल जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिईन। २००१ जेठ ५ गते जन्मिएकी गुरुङले ७० वर्ष उमेर पुगेदेखि सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाउने थिइन्। तर नागरिकता नहुँदा उनले अहिलेसम्म सामाजिक सुरक्षाको रकम नपाएको नागरिकता बनाउन लिएर आएका उनका नाती मैते घलेले बताए।  

‘आरुघाट गाउँपालिकाको सोतीसम्म बोकेर ल्याएको हो’ घलेले भने ‘वृद्ध मान्छे हिड्न सक्नुभएन, मान्छेले बोकेर ल्याएका हौँ।’ अहिले वर्षातको बेला भएको र आउजाउ गर्न समेत समस्या भएको उनले बताए। दुई दिन लगाएर नागरिकता लिन सदरमुकाम आएकी असरी घले प्रमाण पत्र पाएपछि खुसी भएकि छिन्। परिवारका सदस्यलाई पनि नागरिकता नभएको बारे थाहा नहुँदा अहिलेसम्म बन्न नसकेको बताएका छन्। स्थानीय भाषा मात्रै बोल्न सक्ने असरीलाई अब फेरी एक दिनको बाटो बोकेर लैजानुपर्ने बाध्यता परिवारलाई छ।  

 

 

प्रकाशित: ८ आश्विन २०७७ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App