६ चैत्र २०८० मंगलबार
समाज

अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको ३ दिनपछि कोरोना पोजेटिभ

बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचारपछि भर फर्किएका एक वृद्धको तीन दिनपछि कोरोना रिपोर्ट आएको छ। अस्पतालले स्वाब लिएको भए पनि रिपोर्ट दिन ढिलाइ गरेपछि डिस्चार्ज भएको तीन दिनपछि फक्ताङ्लुङ गाउँपालिका बस्ने ८० वर्षिय वृद्धमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको हो। अस्पतालले रिपोर्ट नआउँदै अस्पतालबाट डिस्चार्ज गरेको थियो।  

यसले कोरोना संक्रमण समुदायमा फैलिने डर फैलिएको छ। रिपोर्ट नै नआइ अस्पतालले डिस्चार्ज गरेपछि गाउँमा त्रास बढेको जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले बताए। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले संक्रमित वृद्धलाई कोभिड डेडिकेटेड एम्बुलेन्समार्फत ताप्लेजुङ जिल्ला अस्पतालको कोभिड आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको बताए। प्रहरी प्रमुख श्रेष्ठका अनुसार कोरोना संक्रमित ति बृद्धको नजिक रहेकाहरुलाई होम आइसोलेसनमा ट्रेसिङको काम सुरु भएको छ।

ति बृद्ध १०/११ दिन अघि ताप्लेजुङ अस्पतालमा उपचार गराइ थप उपचारका लागि असोज ३ दिन बिराटनगरतर्फ गएको यात्रा बिवरण प्रहरीले संकलन गरेको छ  

कोरोना संक्रमित बृद्धलाई ताप्लेजुङ जिल्ला अस्पताल ल्याइने र उनको परिवार तथा आफन्तको घरलाई १५ दिन सिल गर्ने कोरोना नियन्त्रण समितिले निर्णय लिएको छ। संक्रमित बृद्ध बिराटनगरबाट फर्किएपछि ५ जनाको परिवार रहेको सदरमुकाम फुङ्लिङस्थित बहिनीको कोठामा बसेको, घरजाँदा सार्वजनिक गाडीमा गएको र ६ जनाको परिवारमासंगै रहेको अवस्थामा आधारमा संक्रमण खोज पड्ताल कार्य सुरु गरिएको छ।

प्रकाशित: ८ आश्विन २०७७ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App