१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

ललितपुरका सिडिओ भन्छन् : यो गेम बाहिरबाट ‘प्ले’ भइरहेको छ

रातो मच्छिन्द्रनाथको रथयात्रामा प्रहरीसँग झडप गर्ने समूह पाटन क्षेत्रको नभएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताएका छन्। उनले यो गेम ललितपुर पाटन भन्दा बाहिरबाट नै अरु कसैले प्ले गरिरहेको बताए। प्रशासनले रथ सञ्चालन गर्ने सबै निकायसँग जानकारी लिँदा प्रहरीसँग झगडा गर्ने टोली बाहिरकै आएको उनको भनाई छ।

 ‘सुरुमा केही स्थानीय अनुहार देखिए, जब प्रहरीले खेद्यो त्यसपछि भित्री गल्ली र चोकहरुमा धेरैथरीमा मानिस निस्किए, ती पाटन क्षेत्रमा मात्रै होइनन्, सांस्कृतिक विषयलाई बर्बर बनाउने गरी ललितपुर बाहिरकै व्यक्तिहरुले तमासा देखाएका छन्, केहिछिनमा यसको छानबीन हुन्छ,’ उनले भने।  उनले स्थानीय १९ वटा जाति समाज भनेर ती युवाहरु प्रहरीसँग झडप गरिरहेका छन्। जात्रा संचालन गर्ने गुठी संस्थान, पुजारी टोली, महानगरपालिका, सिडिओ कार्यालय, वडा कार्यालय, प्रहरी प्रशासन, कसैलाई पनि जानकारी नभएको जानकारी दिए। 

रथ तान्न सुरु गरेका युवाहरुलाई प्रहरीले रोकेपछि त्यही झोकमा प्रहरीमाथि नै जाइलागेका थिए। प्रहरी प्रशासनले भीडलाई तितरबितर पारेपछि भित्री गल्लीहरुमा लुकेर युवाहरुले प्रहरीमाथि नै ढुंगामुडा प्रहार गरेका छन्। प्रदर्शनकारी युवाहरुको कुटाईबाट एक ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन्।  

 

 

 

 

 

 

प्रकाशित: १८ भाद्र २०७७ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App