१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ः १ सय ३७ संक्रमित थपिए, ८४ डिस्चार्ज

कोरोना भाइरसका १ सय ३७ संक्रमित प्रदेश १ मा बुधबार थपिएसँगै ८४ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमित सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ७ महिला ५१ जना पुरुष, धरानमा ७, बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण पुष्टि भएको छ। मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  

त्यस्तै भोजपुरको हतुवागढीमा ३ पुरुष, पाँचथरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ९१ पुगेको छ।  

त्यसैगरी बुधबार प्रदेश १ मा ८४ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ८७ पुगेको छ। प्रदेश १ मा १ हजार ३ सय ४९ जनाको पिसिआर परीक्षण गरिएको छ।  

परीक्षण गरिएका मध्ये ३३ महिला र १ सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। मन्त्रालयका अनुसार हालसम्म ९१ हजार ५ सय १४ जनाको पिसिआर परीक्षण गरिएको छ।

प्रकाशित: १७ भाद्र २०७७ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App