८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरका कोरोना संक्रमित परिवारलाई राहत

भक्तपुर नगरपालिका क्षेत्रमा बुधबारदेखि कोरोना संक्रमित परिवारलाई राहत वितरण सुरु भएको छ। पहिलो पटक बुधबार भक्तपुर नगरपालिका वडा नं ३ बाट यो काम सुरु भएको छ।  

भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजकृष्ण गोराले कोरोना संक्रमित परिवारलाई सहयोगस्वरुप पहिलो पटक वडाका १२ जना कोरोना संक्रमित परिवारलाई राहत वितरण गरिएको जानकारी गराए। चामल १ बोरा, दाल १ किलो, नुन १ पाकेट, तेल १ लिटर, साबुन २ वटा र चिउरा २ किलो दिएको उनले जनाए। साथै ६ जना भन्दा बढी सदस्य भएको परिवारलाई दुई बोरा चामल वितरण गर्ने वडा अध्यक्ष गोराले बताए। भक्तपुर नगरपालिको सहयोग र अपुग केही समानहरु वडाले थपेर दिएको उनले सुनाए।

भक्तपुर नगरपालिकाको १० वटा वडाहरुमध्ये धेरै संक्रमित भएको वडा नं ३ रहेको छ, जहाँं २४ जना संक्रमित छन्। वडामा एउटै घरमा ४ परिवारमा बस्ने घरमा १३ जनालाई कोरोना संक्रमित भएका छन्।

भक्तपुरमा चारवटा नगरपालिकाहरु छन्। सबैभन्दा धेरै संक्रमित भएको नगरपालिका मध्यपुर थिमि हो। त्यसपछि दोस्रो सूर्यविनायक, तेस्रो भक्तपुर र चौथौ चागुनारायण नगरपालिका क्षेत्र हो। अहिलेसम्म भक्तपुर नगरपालिकामा मात्र ८० जना कोरोना संक्रमित भएका छन्। यहाँं एकजना संक्रमितको मृत्यु पनि भइसकेको छ। धेरै संक्रमित भएको कारण भक्तपुरको भक्तपुर नगरपालिका वडा नं ३ को यो वडा रेडजोड वडामा रुपमा छन्।

प्रकाशित: १७ भाद्र २०७७ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App