चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीलाई तत्काल सत्याग्रह नबस्न जुम्लाबासीले आग्रह गरेका छन्। उनीहरुले कोरोनाको महामारी फैलिइरहेको अवस्थामा सत्याग्रह बस्दा समस्या थपिन सक्ने भएकोले तत्कालका लागि सत्याग्रह स्थगित गर्न आग्रह गरेका छन् ।डा. केसीले भदौ १८ गतेदेखि सत्याग्रह गर्ने घोषणा गरिसकेका छन्।
नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत डा. केसीले तत्कालका लागि सत्याग्रह रोक्नु पर्ने बताउँछन्। उनले भने,‘ डाक्टर सापका माग जायज छन्। जनताको पक्षमा छन्। जनताको माग संवोधन नहुँदा सत्याग्रह बस्नु राम्रो पक्ष हो। तर परिस्थिती अनुकुल भएन्। कोरोना संक्रमण फैलिइरहेको अवस्थामा सत्याग्रह बस्दा डा. केसीको स्वास्थ्यमा पनि जटिल समस्या आउन सक्छ। त्यसैले डा. केसीलाई सत्याग्रह नबसिदिनको लागि आग्रह गर्दछौ ।’
डा. केसीको माग प्रति नागरिक समाज जुम्लाले पहिलेदेखि नै एक्केबद्धता जाहेर गरिसकेको छ। माग संवोधन गराउनको लागि सरकारलाई नैतिक दबाव दिने देखि सडकमा डा. केसीका पक्षमा आन्दोलनका कार्यक्रम गर्ने गरिरहेको थियो। हामी डा. केसीको पक्षमा छौँ। डा. केसीको माग संवोधन गर्न नैतिक दबाव सिर्जना गर्न तयार छौँ,अध्यक्ष महतले भने,‘ यो पटक डाक्टरसापले सत्याग्रह नबसिदिनु पर्यो। ’
जुम्लामा पछिल्लो २४ घण्टामा ४० जनामा कोराना संक्रमण देखिएको छ। समुदायस्तरमा कोराना संक्रमण भइरहेको बेला सत्याग्रह बस्नु राम्रो मानिदैन्। ‘पहिलो चरणमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रहरी प्रशासनको आग्रहमा एक साता रोक्नुभयो, यसैगरी समय नतोकि यो पटक पनि सत्याग्रह रोक्दा राम्रै हुने थियो,’ उनले थपे ।
डा. साप सत्याग्रहमा बस्दा समर्थकहरु नजिक आउन खोज्लान्। सडकमा आन्दोलन गर्न खोज्लान, उनले भने,‘स्वयम उहाँको स्वास्थ्य उपचारमा खटिनुपर्ला। स्वयमसेवक खटाउनु पर्ला। यो जोखिम अवस्थामा यो संभव छैन्। जुम्लामा धेरै पोजेटिभ देखिएको बेला केही समय स्थगित गरेको भए राम्रै हुनेथियो ।’
जुम्लाका पत्रकार नबराज शाही डा.केसीले जोखिमपुर्ण अवस्थामा सत्याग्रह रोक्नु पर्ने बताउँछन्। सत्याग्रहमा बस्दा हरेक कुराको सहयोग चाहिएला। डा. केसी स्वयम आफै सुरक्षित हुनुपर्ला। उनले भने,‘ डा. केसीको सत्याग्रह बस्ने ठाउँ सुरक्षित नहुँन पनि सक्छ। यो बिषयमा समेत ख्याल राख्दा राम्रो होला ।’
परिस्थिती अनुकुल भएको खण्डमा संघर्ष गर्ने दिन धेरैछन । माग जायज छ। माग पुरा नभए सम्म डा. केसीले आन्दोलन छोड्न हुदैन्। तर जोखिमको मापन गरेर अघि बढ्नुपर्छ ।
कोरोना संक्रमण भएको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले एक बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिसकेको छ। यहाँका औषधि पसल र स्वास्थ्य सेवा बाहेक सबै ठप्प छ। यो बेला डाक्टरसाप कोरोना सचेतना फैलाउन तथा विशेषज्ञ स्वास्थ्य सेवा दिन गाउँमा जान आग्रह गरेका छन् ।
डा. साप सत्याग्रहको समय नतोकौ, परिस्थिती सहज नबन्दा सम्म सत्याग्रह रोक्नुस। जुम्लाबासी साथमा छौँ। यो बेला जुम्लाबासीलाई सुरक्षित राख्न आग्रह गर्छौँ। उद्योग बाणिज्य संघ जुम्लाका बरिष्ठ उपाध्यक्ष पुरिचन्द्र देवकोटा भन्छन्,‘डा. सापको साथमा सिंगो जुम्ला छ। तर जुम्लाको सुरक्षाको लागि डा. साप सुरक्षित भइदिनु पर्यो ।’
उनले भने ,‘चन्दननाथ नगरपालिकामा सबैभन्दा बढि कोरोना पोजेटिभ देखिएकाले डा. आफैलाइ समस्या पर्न सक्छ। कोराना भयाभह बढिरहेको बेलामा सत्याग्रह बस्नु त्यती सहज हुँदैन। जनजीवन ठप्प भइरहेको बेला डा. केसीले संवेदनसिल बनिदिनुपर्यो। ’
डा.केसी चिकित्सा शिक्षा सुधारका लागि थालिएको आन्दोलन असफल बनाउन षडयन्त्र भइरहेको बताउँछन्। हाम्रो अभियान हुन नदिनको लागि गरिएको षडयन्त्र हो। हाम्रो अभियान तुहाउनको लागि जरैदेखिको बल लगाइरहेका छन्। तर मर सत्याग्रह रोक्दैन्। तैपनि आज साँझ सम्म हेरौँ। परिस्थिती के बन्छ। खबर गरौँला। उनले आफ्नो सत्याग्रहमा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड सबै अबलम्वन गर्ने बताए। कोभिडको जोखिम संग सत्याग्रहको कुनै सम्बन्ध रहँदैन्।’
प्रकाशित: १७ भाद्र २०७७ ०९:५२ बुधबार





