कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ११ सय नाघेको छ। आईतबार जिल्लामा एकै पटक १६ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या ११ सय १० पुगेको हो।जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तु नगरपालिकाका ७ जना रहेका छन् गैरसकराकी संस्थामा कार्यरत कर्मचरी, सुठैली भन्सारका कर्मचारी,मन्दिरका पुजारी, व्यवसायी , गृहणी तथा विद्यार्थी रहेका छन्। त्यस्तै शिवराज नगरपालिकामा ३ जना थपिएका छन्। उनीहरु तीनै जना भारत बाट आएका र क्वारेन्टिनमा बसेका हुन्। त्यस्तै वाणगगा नगरपालिकामा २ जना संक्रमित थपिएका छन्। बुद्धभुमी नगरपालिकामा २ जना थपिएका छन् त्यस्तै शुद्धोधन र विजयनगर गाउंपालिकामा एक एक जना संक्रमित थपिएका छन्।
प्रकाशित: १४ भाद्र २०७७ ०८:२० आइतबार





