७ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

फिल्डमा खटिएका पत्रकारहरूकाे पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न प्रेस सेन्टरको माग

जोखिमको समयमा पनि फिल्डमा खटिएर काम गर्ने पत्रकारको पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न प्रेस सेन्टर नेपालले सरकारसँग माग गरेको छ। शनिवार एक विज्ञप्ति जारी गर्दै बिषम परिस्थितिमा पनि निरन्तर नागरिकलाई सूचना सम्प्रेषण गर्न पेशागत कर्ममा जुटिरहेका सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न सेन्टरले माग गरेको हो।  

प्रेस सेन्टरका अध्यक्ष लोकराज जैशीले फ्रन्टलाइनमा खटिएर काम गर्नेहरूको कदर गर्न नसकेको उल्लेख गर्दै उनीहरुका लागि विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए।

फिल्डमा खटिने पत्रकारको स्वास्थ्य जाँच गर्नेसम्म पनि सरकारले ध्यान नदिएको उनले गुनासो गरे।  फिल्डमा खटिने सबैको निरन्तर स्वास्थ्य परीक्षण गर्नुपर्ने, सूचना प्रदानमा सबैतिर डिजिटल माध्यमको प्रयोग बढाउनुपर्ने, पत्रकारको लागि सुरक्षा औजारहरु (सुरक्षित ड्रेस, माक्स, पञ्जा, सेनिटाईजर लगाएत) र जीवन विमा र निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमार्फत सरकारसँग माग गरिएकाे छ।

प्रकाशित: १४ भाद्र २०७७ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App