coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनकुटामा १९ जना कोरोना संक्रमित थपिए

धनकुटा वजारमा शनिबार एकै दिन १९ जना कोरोना संक्रमित थपिएका छन्। विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धनकुटामा एकैदिन संक्रमण पुष्टि भएको यो नै अहिलेसम्मको ठूलो संख्या हो। संक्रमण पुष्टि हुनेमा १३ प्रहरी, दुरसञ्चार प्राधिकरणका कर्मचारी ४ जना र र २ जना सर्वसाधारण रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए। संक्रमित सबै पुरुष रहेका छन्। संक्रमित प्रहरीहरु भने हालै सरुवा भएर धनकुटा आएका हुन।

धनकुटामा यो सँगै  हालसम्म कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ३९ पुगेको छ। जसमध्ये १७ जना निको भईसकेका छन भने २ जनाको मोरङको गोठगाउँमा र एक जनाको बिराटनगरमा रहेको कोभिड–१९ उपचार केन्द्रमा उपचार भईरहेको छ।

धनकुटामा पछिल्लो समय थपिएका १९ जनालाई धनकुटामै राखेर उपचार गरिने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिएका छन्। धनकुटा वजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधरणलाई कोरोना पुष्टी भएसंगै सनिवार विहान देखी धनकुटा वजार तनवापुर्ण बनीरहेको छ। दुई दिन यता धनकुटा वजार विहान ७ वजे देखी विहान १० वजेसम्म खुल्ने गरे पनि कोरोनोको संक्रमण ह्वात्तै वढेपटी स्थानिय तथा व्यापारी संकटमा परेका छन्।  

प्रकाशित: १३ भाद्र २०७७ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App