१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

विराटनगरमा कोरोना संक्रमति महिलाको मृत्यु

प्रदेश २ को लहानकी एक महिलाको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार बिहान १० बजेर ४५ मिनेटमा उपचारका क्रममा लहानकी ६५ वर्षीया महिलाको मृत्यु भएको उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले बताए। 

श्वासप्रश्वासमा समस्या भएपछि बिहान ७ बजेबाट बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको डाक्टर सिग्देलले बताए। बिहीबार राति करिब साढे १० बजे उपचार केन्द्रमा भर्ना भएकी महिलामा दीर्घकालीन अवरोध फोक्सो रोग(सीओपीडी) रहेको थियो।

प्रकाशित: १२ भाद्र २०७७ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App