८ वैशाख २०८१ शनिबार
समाज

यस्तो बन्दैछ रानीपोखरी

आगामी एक महिना महिनाभित्र सक्ने गरी रानीपोखरीको पुननिर्माणको तीव्र रुपमा अघि बढेको छ। गत वैशाख महिनामै सक्ने गरी काम अघि बढे पनि कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका देश लकडाउन भएपछि काम अघि बढ्न सकेको थिएन।

लामो समयपछि पुनस् जेठ महिनाको पहिलो सातादेखि निर्माणको काम सुरु गरिएको थियो। सरकारले फेरि दोस्रो चरणको लकडाउन गरेपछि कामदारलाई आवातजावतमा समस्या भएपछि काम रोकिएको थियो।  

केहि दिन अघिदेखि जोखिम सर्तकता अपनाएर थोरै कामदारले काम गरिहेको सिएम कन्ट्रन्सनका प्रवधन्क निर्देशक शान्त कुमार श्रेष्ठले जानकारी दिए। लकडाउनमा सामान निर्यात गर्न कठिन भएपनि नियममित काम भइरहेको उनले बताए।  

‘कोरोना भाइरसका कारण पुननिर्माणको काम लक्ष्यअनुसर सम्पन्न गर्न सकिएको छैन्। त्यसैले पनि थोरै कामसहित काम दैनिक काम भइरहेको छ’, श्रेष्ठले नागरिकसँग भने, ‘सर्तकता अपनाएर काम गरिएको छ। यहि गतिमा काम भयो भने आउँदो महिना निर्माण सम्पन्न हुन्छ।’  

उनका अनुसार अहिले पोखरी भित्रको काम सम्पन्न भइसकेको छ। पोखरीको बाहिरी भागमा ढुंगा विछ्याउने काम हुनुका साथै बालगोपालेश्वर मन्दिरको काम भइरहेको छ। हालसम्म पोखरीको ९० प्रतिशति काम सकिएको कम्पनीका श्रेष्ठले बताए।  

पोखरीमा कस्तो र कहाँबाट पानी राख्ने विषयमा भने छलफल भइरहेको पुरातत्व विभागका इन्जिनियर पूर्णबहादुर श्रेष्ठले जानकारी दिए।  

कोरोनाका कारण केही समय ढिला भए असोज महिनाभित्र पोखरीको पुनर्निर्माणको कामले पूर्णता पाउने उनको भनाई छ। चन्द्रशम्शेरको पालामा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण भइरहेको पुरातत्व विभागका इन्जिनियर श्रेष्ठले बताए। उनका अनुसार मन्दिरको उचाई ५३ फिटको हुनेछ।

उनका अनुसार रानीपोखरी पुरानै शैलीमा पुननिर्माण भएको छ। प्रयोग भएका साम्रगीहरु पनि पुरानै स्वरुप दिने खालको प्रयोग गरिएको छ। ‘अहिले सम्पूर्ण रानीपोखोरी स्वरुप देखिएको छ। निरन्तर काम भइरहेको छ’, उनले भने’, लगभग ९० प्रतिशत काम सम्पन भएको छ। अबको दश दिने भित्र गजुर राखिने छ।’  

२०७२ वैशाख १२ को भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय पुननिर्माण प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो।

राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन पाँच वर्ष लगाएर विसं १७२५ मा ‘न्हु पुखु’ को निर्माण गराई विसं १७२७ मा शिलापत्र राखेका इतिहास रहेको छ। पोखरीमा गोसाइँकुण्डलगायत नेपाल र भारतका १०८ विभिन्न तीर्थको जल हालिएको इतिहासमा उल्लेख छ।  

प्रकाशित: ११ भाद्र २०७७ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App