प्रहरीले भारततर्फ लैजादै गरेको अवस्थामा ओखर र छोहोरासहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–७ स्थित बेलासोबाट ४४ लाख ६९ हजार ९९० रुपैयाँ मुल्य बराबरको ओखर र छोहोरा बदामद गरेको हो ।
प्रहरीका अनुसार ३ सय ९६ बोरा ओखर र ५९ बोरा छोहोरा बरामद गरेको छ । प्रहरीले तस्करीकोे आरोपमा राजापुर नगरपालिका–४ बस्ने ३२ वर्षीय जाबेद मनिहार र ३० वर्षीय रमेश ढुँगानालाई पक्राउ गरेको छ ।
बरामद गरेका सामग्रीसहित दुबैजनालाई भन्सार कार्यालय गुलरिया, बर्दियामा बुझाइएको प्रहरी उपरीक्षक केदार रजौरेले बताए । प्रारम्भिक अनुसन्धानबाट ओखर र छोहोरा भारततर्फ लैजान लागेको खुलेको छ ।
प्रकाशित: ८ भाद्र २०७७ १६:२५ सोमबार


![नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता, सहमति–पत्रमा हस्ताक्षर [पत्रसहित]](https://images.nagariknewscdn.com/thumbs/2025/third-party/1767015638_Sahamati-600x400.jpg)


