१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ६४ जना संक्रमित थपिए, १२ जना डिस्चार्ज

२४ घण्टामा २ जना संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड १९) का ६४ जना संक्रमित सोमबार प्रदेश १ मा थपिएका छन्। प्रदेशको विभिन्न आइसोलेसनबाट १२ संक्रमित घर फर्किएका छन्।  

त्यसैगरी मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

मोरङको विराटनगरमा १० महिला र १३ पुरुष, सुन्दरहरैँचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

त्यस्तै सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहबीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ पुरुष, झापाको बाह्रदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ।  

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ। सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ। प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ। विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ बाट सोमबार १२ जना डिस्चार्ज भएका छन्। कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनको संख्या १ हजार २ सय ८० पुगेको छ। प्रदेश १ मा सोमबार १ हजार ५ सय ५० जनाको पिसिआर परीक्षण भएको छ भने ७८ हजार ७ सय २ जनाको पिसिआर परीक्षण भइसकेको छ।  

प्रकाशित: ८ भाद्र २०७७ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App